नेपालमा अलपत्र आफ्ना नागरिक लग्यो जर्मनीले

शनिबार, १५ चैत्र २०७६, १६ : ५४
नेपालमा अलपत्र आफ्ना नागरिक लग्यो जर्मनीले

काठमाडौँ । जर्मनीले नेपालमा अलपत्र आफ्ना चार सयभन्दा बढी नागरिकलाई चार्टर्ड विमानबाट आफ्नै देश फिर्ता लगेको छ ।

नेपालका लागि जर्मन राजदूतावास काठमाडौँले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । विज्ञप्तिमा जनाइए अनुसार शुक्रबार र शनिबार कतार एयरवेजको चार्टर्ड विमानमा राखेर चार सयभन्दा बढी जर्मन र अन्य युरोपियन मुलुकका दुई सय जना पर्यटकलाई फिर्ता लगिएको हो ।

अझै दुई सय जना जर्मन नेपालका विभिन्न ठाउँमा अलपत्र परेको जर्मन दूतावासको अनुमान छ ।