बेल्जियमबाट आएकी युवतीमा कोरोना भाइरसको संक्रमण भेटियो

सफल खबर संवाददाता

शनिबार, १५ चैत्र २०७६, १६ : ३२

काठमाडौँ ।  बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी  २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताए।