युएईमा फेरि २ जना नेपालीमा कोरना संक्रमण भेटियो

सफल खबर संवाददाता

शनिबार, १५ चैत्र २०७६, १२ : १६
युएईमा फेरि २ जना नेपालीमा कोरना संक्रमण भेटियो

फाईल फोटो

काठमाडौँ । युएईमा फेरि २ जना नेपालीमा  कोरना संक्रमण भएको भेटिएको छ। यहाँको Ministry of Health and Prevention (MOHAP) ले जारी गरेको पछिल्लो सूचनाअनुसार २४ घण्टाभित्र थपिएका ७२ नयाँ संक्रमित मध्ये दुईजना नेपालीमा COVID-19 को संक्रमण देखिएको हो।

सो मन्त्रालयले जनाएअनुसार हाल उनीहरूको अवस्था स्थिर छ र युएइमै उपचार भइरहेको छ। यसअघि पनि यहाँ दुई जना नेपालीमा यस्तो संक्रमण देखिएको थियो। तर केही समयको उपचारपछि उनिहरुको स्वास्थ्यलाभ भएको थियो ।

युएईमा हालसम्म ४ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।