कोरोना सन्त्रास

रुसमा एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेहरु बन्द

शनिबार, १५ चैत्र २०७६, ०८ : ५९
रुसमा एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेहरु  बन्द

file Photo

एजेन्सी । रूसी सरकारले देशमा रहेका सबै रेस्टुरेन्ट तथा क्याफेहरु बन्द गर्न निर्देशन दिएको छ । शनिबारदेखि एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेरूलाई बन्द गर्न निर्देशन दिइएको हो ।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यस्तो निर्णय लिनुपरेको रूसी अधिकारीहरूले बताएका छन् । शुक्रवार जारी गरिएको निर्देशनमा घरभन्दा बाहिर खानपिनका लागि जम्मा हुन नपाइने उल्लेख गरिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीवार नै एक हप्ताका लागि काम बन्द हप्ता घोषणा गरेका थिए। उनले यही मार्च २८ तारिखदेखि अप्रिल ५ सम्म काम बन्द हप्ता तोकेका हुन् । सरकारले शुक्रबारदेखि अन्तराष्टिय हवाई सेवा समेत बन्द गरेको छ । संक्रमण ह्वात्तै बढ्न थालेपछि रुसी सरकारले देशभरि उच्च सतर्कता अपनाएइको छ ।


 

प्रतिक्रिया दिनुहोस