कोरोना भाइरसको चाैथो संक्रमित धनगढीमा भेटिए

सफल खबर संवाददाता

शुक्रबार, १४ चैत्र २०७६, १९ : १३

काठमाडौं । कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित भएका छन् । बिहहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन् । 
प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।
यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।