बेलायती प्रधानमन्त्री जोनसन कोरोनाबाट संक्रमित

सफल खबर संवाददाता

शुक्रबार, १४ चैत्र २०७६, १७ : २६
बेलायती प्रधानमन्त्री जोनसन कोरोनाबाट संक्रमित

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको छ ।

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले शुक्रबार यसबारे पुष्टि गर्दै जोनसनमा सामान्य लक्षण देखिएको बताएको छ । उनी ‘सेल्फ आइसोलेसन’ मा बस्ने र त्यहीबाट सरकार सञ्चालन गर्ने बीबीसीले उल्लेख गरेको छ ।