कोरोनाको संक्रमण पुष्टि भएका २ जनाको स्वास्थ्य अवस्था सामान्य

सफल खबर संवाददाता

शुक्रबार, १४ चैत्र २०७६, १७ : ११
कोरोनाको संक्रमण पुष्टि भएका २ जनाको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । सरकारले कोरोनाको संक्रमण पुष्टि भएका २ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरुलाई टेकु अस्पतालको आईसोलेनसमा राखेर उपचार भइरहेको जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना संक्रमण पुष्टि भएका दुई जनाको अवस्था सामान्य रहेको र उनीहरु टेकु अस्पतालको आइसोलेनमा रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

उनले अहिलेसम्म ८०२ जनाको कोरोना परीक्षण भएकोमा तीन जनामा मात्रै पोजेटिभ देखिएको बताए । त्यसमा पनि एक जना निको भएर घर फर्किसकेको देवकोटाले बताए । 
यस्तै देवकोटाका अनुसार टेकु अस्पतालको आइसोलेननमा रहेका दुई संक्रमितबाहेक राजधानीका तीन अस्पतालमा १३ जनालाई आइसोलेसनमा राखिएको छ । जसमध्ये टेकु अस्पतालमा ४ जना पाटन अस्पतालमा ६ जना र कान्तिबाल अस्पतलको आइसोलेनमा ३ जना रहेका छन् ।