३०५ युरोपियन नागरिक लिएर फर्कियो कतार एयरलाइन्सको विमान

सफल खबर संवाददाता

शुक्रबार, १४ चैत्र २०७६, १३ : ०९
३०५ युरोपियन नागरिक लिएर फर्कियो कतार एयरलाइन्सको विमान

फाईल फोटो

काठमाडौं । नेपालमा अलपत्र परेका ३०५ युरोपियन नागरिकलाई लिएर कतार एयरलाइन्सको विमान उडेको छ ।  नेपालमा अलपत्र परेका विभिन्न देशका नागरिकको उद्दारका लागि उक्त विमान विहान काठमाडौंमा अवतरण गरेको थियो ।

जर्मन तथा फ्रेन्ज दूतावासले आफ्ना नागरिकहरुलाई उद्धार गरी लैजान विमान चार्टड गरेका हुन् ।

दुई दूतावासको पहलमा युरोपियन यूनियनले चार्टड गरेको विमान शुक्रबार हिन १०ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । बिहान सवा १० बजे अवतरण गर्ने विमानमा उताबाट कुनै यात्रु ल्याइने छैन । यताबाट यहाँ फसेका यात्रुहरुलाई बोकेर विमान कतारको दोहा पुग्नेछ ।