पोखरा, धरान र नेपालगञ्जमा पनि कोरोना भाइरस परीक्षण सुरु हुने

सफल खबर संवाददाता

विहीबार, १३ चैत्र २०७६, १७ : ५९
पोखरा, धरान र नेपालगञ्जमा पनि कोरोना भाइरस परीक्षण सुरु हुने

काठमाडौं । सरकारले मुलुकका तीन ठूला शहरका अस्पतालमार्फत कोरोनाभाइरसको परीक्षण सुरु गर्ने भएको छ ।  

गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को नेपालगञ्जमा भाइरस  प्रदेश १ को धरान, परीक्षण गर्न लागिएको हो ।

कोभिड–१९ भाइरस परीक्षणका लागि प्रविधिक टोली समेत पठाइएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए ।

देशका सातै प्रदेशमा कोरोना जाँच गर्ने व्यवस्था मिलाउने योजना बनाइए पनि हाल भने तीन स्थानमा मात्र व्यवस्था गरिएको निर्देशक पाण्डेले बताए ।