कोरोना भाइरस

यी हुन् कोरोनाबाट सर्वाधिक मृत्यु भएका दस देश

विहीबार, १३ चैत्र २०७६, १६ : २०
यी हुन् कोरोनाबाट सर्वाधिक मृत्यु भएका दस देश

काठमाडौं । विश्वका १ सय ९८ देशमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बिहीबार मध्यान्हसम्म २१ हजार २९७ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण सबैभन्दा बढी इटलीमा सात हजार ५०२ जनाको ज्यान गएको छ । स्पेनमा तीन हजार ६४७, चीनमा तीन हजार २८७, इरानमा २ हजार ७७, अमेरिकामा एक हजार ३२ र फ्रान्समा एक हजार ३३२ जनाको मृत्यु भइसकेको छ । कोरानाले बेलायतमा ४६५, नेदरल्याण्डमा ३५६, जर्मनीमा २०६ र वेल्जियममा  १७८ जनाको ज्यान लिइसकेको छ ।

दक्षिण एसियामा कोभिड १९ बाट २७ जनाको ज्यान गइसकेको छ । भारतमा १३, पाकिस्तानमा ८, बंगलादेशमा ५ र अफगानिस्तानमा २ जनाको ज्यान गएको छ । गत डिसेम्बरमा पहिलो पटक चीनमा देखिएको कोरोनाबाट ४ लाख ७१ हजार मध्ये एक लाख १४ हजार जना निको भइसकेका छन् ।