धादिङका युवा आएको विमानमा १ सय ७० जना यात्रु रहेको खुलासा

विहीबार, १३ चैत्र २०७६, १३ : ४८
धादिङका युवा आएको विमानमा १ सय ७० जना यात्रु रहेको खुलासा

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएका धादिङका युवा आएको विमानमा १ सय ७० जना यात्रु रहेको खुलेको छ । धादिङका ३२ वर्षे युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई टेकू अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनी चैत ६ गते दुबईबाट शारजहाँहुँदै काठमाडौँ आएका थिए । उनी आएको विमानमा १ सय ७० जना यात्रु रहेको खुलेको र उनीहरुको पहिचान गरी क्वारेन्टाइनमा राख्ने तयारी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ती युवक एयर अरेबियाको फ्लाइट नम्बर जी ९ ५३७ नम्बरबाट युएईको शारजहाँ विमानस्थलबाट चैत ६ गते बेलुका काठमाडौँ आएका हुन् । जहाज बेलुका १० बजेर ९ मिनेट जाँदा त्रिभूवन विमानस्थलमा अवतरण भएको थियो।

उनी चैत ६ गते राति राजधानीको एक होटलमा बसेका थिए भने १० गते अस्वस्थ महसुस भएपछि परीक्षणका लागि टेकू अस्पताल पुगेका थिए। मंगलबार राति उनलाई संक्रमण भएको टेकु अस्पतालले पुष्टि गरेको थियो ।