कोरोना अस्पताललाई लायन्स क्लबको सहयोग

विहीबार, १३ चैत्र २०७६, १२ : ४६
कोरोना अस्पताललाई लायन्स क्लबको सहयोग

चितवन । लायन्स क्लब ईन्टरनेशनल  डिस्ट्रिक्ट ३२५ बि टु ले भरतपुरमा हालै संञ्चालनमा आएको भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पताललाई अत्याबश्यक सामाग्रीहरु आज उपलव्ध गराएको छ ।

क्लबका भाईस डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले भरतपुर महानगरपालिका प्रमुख एबं अस्पतालका संयोजक रेनु दाहाललाई ती सामाग्री हस्तान्तरण गर्नु भएको हो । क्लबले ५० थान पिपिई र ५० लिटर सेनिटाईजर अस्पताललाई हस्तान्तरण गरेको हो ।

भट्टका अनुसार ती सामाग्रीको मूल्य रु तीन लाख भन्दा वढि पर्दछ । सामाग्री हस्तान्तरण गर्दै उहाँले अत्याबश्यक भएकाले तत्काल यी सामाग्री उपलव्ध गराएको र आगामी दिनमा आबश्यकता अनुसार थप सहयोग गर्दै जाने प्रतिबद्यता व्यक्त गर्नुभयो । सामाग्री ग्रहण गर्दै महानगर प्रमुख दाहालले यो अभियान साझा अभियान भएकाले सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

अस्पतालका सदस्य सचिब डा. भोजराज अधिकारीले अहिलेका अत्याबश्यक सामाग्रीहरु प्रदान गरेकोमा लायन्स क्लवलाई धन्यवाद दिदै यस अभियानमा जुट्न सबैमा आव्हान गर्नुभयो । सामाग्री हस्तान्तरण गर्न भट्ट संगै क्लबका चिफ एड्भाईजर सिद्धार्थलाल चुके, दिननाथ न्यौपाने, सिनियर एड्भाईजर डा. शारदा कँुवर, बागेश्वरी लायन्सका पूर्ब अध्यक्ष पूर्णबहादुर श्रेष्ठ र नारायणगढ लायन्सका अध्यक्ष निरज श्रेष्ठ अस्पताल पुग्नु भएको थियो । अस्पताललाई यसअघि सिजि फाउण्डेसनले १० थान पिपिई उपलव्ध गराएको थियो । 

प्रतिक्रिया दिनुहोस