कोरोनाविरुद्ध लड्न विश्व स्वास्थ्य संगठनका पाँच सुझाव : पौष्टिक आहार खाऔँ, गुलियो नखाऔँ, धुमपान नगरौँ, व्यायाम गरौँ, किताब पढौँ

विहीबार, १३ चैत्र २०७६, १२ : २३
कोरोनाविरुद्ध लड्न विश्व स्वास्थ्य संगठनका पाँच सुझाव : पौष्टिक आहार खाऔँ, गुलियो नखाऔँ, धुमपान नगरौँ, व्यायाम गरौँ, किताब पढौँ

एजेन्सी । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पाँच वटा सुझाव दिएको छ ।

डव्लुएचओका प्रमुख डा अधानोम टेड्रोसले भनेका ५ उपाय यस्ता छन् ।

१) स्वस्थ र पौष्टिक आहार खानुहोस्। जसले तपाईँको रोग प्रतिरक्षा प्रणालीलाई ठीकसंग कार्य गर्न सहयोग गर्दछ ।

२) मदिराजन्य पदार्थको सेवनलाई सीमितमा राख्नुहोस् । गुलिया पेय पदार्थहरु नलिनुहोस् ।

३) धूमपान नगर्नुहोस् । यदि तपाईँ कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुनु भयो भने धूमपानले गम्भीर रोगको जोखिम बढाउन सक्छ ।

४) शारीरिक व्यायम गर्नुहोस् । विश्व स्वास्थ्य संगठनको मापदण्डले भने झैँ बयस्कहरुले दैनिक कम्तिमा ३० मिनेट र बच्चाहरुलाई दैनिक १ घण्टा शारीरिक व्यायम गर्न गराउनुहोस् । यदि तपाईँलाई यो बेला नियमक निकायले अनुमति दिएको छ भने बाहिर पैदल यात्रा गर्नुहोस, दौडनु होस, सवारीमा समेत जानुहोस तर अरुसंगको दूरी राख्नुहोस । यदि तपाईँ घरभित्रै लकडाउन अर्थात बाहिर निस्कन सक्ने अवस्था छैन् भने व्यायम गर्नुहोस्, नाच्नुहोस्। योगा गर्नुहोस् ।

घरमै बस्नु भएको छ, काम गरिराख्नु भएको छ भने लामो समय एउटै आसनमा नरहनुहोस् । तपाईँले कम्तीमा हरेक ३० मिनेटमा ब्रेक लिनुहोस् । घरमा कसरी स्वस्थ रहेर बस्ने भन्ने बारेमा हामी आउने दिनमा पनि सल्लाह दिनेछौँ ।

५) तपाँईको मानसिक स्वास्थ्यमा ख्याल गर्नुहोस् । यो संकटको बेला तनाव, अलमल र डराउनु सामान्य कुरा हो । यस्तो बेलामा तपाईँले आफ्ना चिनजान र विश्वासिला व्यक्तिसंग कुरा गर्नुहोस् । संगीत सुन्नुहोस, किताब पढनुहोस् अथवा गेम खेल्नुहोस् ।