सेती अस्पतालमा कोरोना भाइरसको आशंकामा ९ जना भर्ना

सफल खबर संवाददाता

विहीबार, १३ चैत्र २०७६, १२ : ०२
सेती अस्पतालमा कोरोना भाइरसको आशंकामा ९ जना भर्ना

फाईल फोटो

कैलाली । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा कोरोना भाइरसको आशंकामा ९ जना लाई भर्ना गरिएको छ । एक जना संयुक्त अरब इमिरेट्सको दुबई र अन्य भारतवाट आएका हुन् । 

आठ जनाको स्वाव परीक्षणका लागी अस्पतालको गाडीमा गएराति काठमाडौ पठाइसकिएको र बाँकी एकजनाको आज पठाउने तयारी भइरहेको अस्पतालका डा.जगदीश जोशीले जानकारी दिए । 
‘भाइरस पहिचानका लागि नमुना काठमाडौं पठाउनु पर्ने झन्झट छँदैछ, त्यसैमा लकडाउनका परीक्षणमा ढिलाइ हुन थालेको छ’, जोशीले बताए । 

यसअघि पनि भारत कतार दुबई लगायतका स्थानवाट आएका ८ जना संकास्पदलाई आईसोलेसनमा भर्ना गरिएको थियो ।  उनीहरुको स्वाव परीक्षण नेगेटिभ आइसकेको उनले बताए ।