चीनबाट स्वास्थ्य उपकरण ल्याउँदै सरकार

सफल खबर संवाददाता

बुधबार, १२ चैत्र २०७६, १६ : ४७
चीनबाट स्वास्थ्य उपकरण ल्याउँदै सरकार

फाईल फोटो

काठमाडौं । सरकारले कोरोना भाइरस नियनत्रण तथा उपचारमा आवाश्यक पर्ने स्वास्थ्य उपकरण चीनबाट ल्याउने भएको छ । 

 स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तीन दिनभित्र उपकरण ल्याइने बताए । 

सरकारले कोरोना विरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण चीनबाट ल्याउने तयारी गरेको हो । त्यसरी ल्याइएका स्वाथ्य उपकरण तथा साधनहरु प्रदेश, जिल्ला र स्थानीय स्तरमा पठाउने स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए ।