नेपालमा थप एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि

सफल खबर संवाददाता

बुधबार, १२ चैत्र २०७६, १२ : २६

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । 

मंगलबार राति प्राप्त कोरोना परीक्षण रिपोर्टमा थप एकजनामा संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।

उनालई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसुलेशन वार्डमा राखिएको छ ।  

नेपालमा हलासम्म ६८७ जनाको नमूना जाँच गरिएकोमा ६८४ जनाको नेगेटिभ र ३ जनाको पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।