कोरोना उपचारमा खटिने चिकित्सकले लगाउनै पर्ने ‘पिपिई’ हस्तान्तरण

सफल खबर संवाददाता

मंगलबार, ११ चैत्र २०७६, २२ : १६
कोरोना उपचारमा खटिने चिकित्सकले लगाउनै पर्ने ‘पिपिई’ हस्तान्तरण

file photo

नवलपरासी । कोरोना संक्रमणको उपचारमा खटिने चिकित्सकले अनिवार्य लगाउन पर्ने ५ थान पिपिई चौधरी फाउण्डेशनले हस्तान्तरण गरेको छ ।

फाण्डेशनका प्रतिनिधि रामकाजि सिटौलालले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई मंगलबार कार्यालयमा कोरोना भाइरस संक्रमणको उपचारमा खटिने चिकित्सकले लगाउनै पर्ने पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) हस्तान्तरण गरेका हुन ।

घिमिरेले कोरोना संक्रमणका बिरामीको उपचारका लागि आइसोलेशन वार्ड बनाएको जिल्ला अस्पताललाई ५ वटा पिपिआईले ठुलो काम गर्ने बताए । प्रसोनल प्रोटेक्टिभ इक्विपमेन्टले चिकित्सकको मनाबवल बढने र उपचारमा खटिन नहिच्किचाउने भन्दै घिमिरेले खुशी ब्यक्त गरे ।

उनले पिपिईको अभावले चिकित्सकहरुले कोरोना संक्रमणका बिरामीलाई छुन नमान्ने अबस्थामा ५ वटा पिपिईले जिल्ला अस्पताललाई ठुलो राहत मिलेको सुनाए । प्रमुख जिल्ला अधिकरी घिमिरेले चौधरी फाण्डेशनका प्रतिनिधिलाई अझै ३० थान पिपिई चाडै उपलब्ध गराइदिन माग गरेका छन ।

पुर्वी नवलपरासीको अग्यौलीमा रहेको जिल्ला अस्पताल, चोरमारा, दुम्कौली र पितौजी स्वास्थ्य केन्द्रमा आइसोलेशन वार्ड (कोरोना संक्रमणका बिरामी राख्ने वार्ड) बनाएर तैयारी अबस्थामा राखिएको छ ।

ति स्वास्थ्य केन्द्रमा आउने कोरोना वा अन्य महामारीका बिरामी छुनुअघि चिकित्सकले पिपिइ लगाउनु अनिवार्य हुन्छ । पिपिइको हरेक सेटमा चिकित्सकले शिर देखि खुट्टा सम्म लगाउने रक्षात्मक कपडा, टाई र चस्मा रहेको हुन्छ । पिपिइ लगाएपछि चिकित्सकलाई कोरोना संक्रमण जोखिम न्यून रहन्छ ।

पुर्वी नवलपरासीको सरकारी अस्पतालमा सेवारत चिकित्सकले पहिलो पटक पिपिई (पर्सनल पोटेक्टिभ इक्विपमेण्ट) पाएका हुन । यि उपकरण पाएसंगै चिकित्सक तथा स्वास्थ्यकर्मीले राहत महशुश गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस