कोभिड १९ : लकडाउनको अवज्ञा गर्ने ५७ जना पक्राउ

रासस

मंगलबार, ११ चैत्र २०७६, २१ : ५७
कोभिड १९ : लकडाउनको अवज्ञा गर्ने ५७ जना पक्राउ

file photo

प्युठान । जिल्ला प्रहरी कार्यालयले लकडाउन अवज्ञा गर्नेलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । दाङको भालुवाङबाट प्यूठान आउँदै गरेका ३५ वटा मोटरसाईकलमा सवार ५७ लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेलाई दरवानमा रहेको हेल्थ सहायता कक्षमा चेकजाँच गरी नियन्त्रणमा राखिएको प्युठान जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख पोषणराज ढकालले जानकारी दिनुभयो । उहाँले लकडाउनको अवस्थामा आम नागरिकलाई घरबाहिर ननिस्कन आह्वान गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “बिहान बजारमा केही मानिस देखिएका थिए । स्वास्थ्य संवेदनशिलतालाई ख्याल गर्दै उनीलाई सम्झाएर घर घरमा पठाएका छौं ।”

जिल्ला प्रहरी कार्यालयले जिल्लाभर भीडभाड र समूहमा हिडडूल गर्न नदिनका लागि २३ गस्ती, गाउँगाउँमा १० वटा घुम्ति मोटरसाइकल, बजार क्षेत्रमा ४ वटा घुम्ति सवारी साधन परिचालन गरिएको निमित्त प्रमुख ढकालले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस