चितवनमा लकडाउन उल्लघंन गर्ने १० जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ११ चैत्र २०७६, ११ : ००
चितवनमा लकडाउन उल्लघंन गर्ने १० जना पक्राउ

चितवन । विश्वव्यापी महामारीको रुपमा फैलिदैं गएको कोरोना भाइरसको जोखिम घटाउन सरकारले आव्हान गरेको देशभरिको लकडाउन  चितवनमा उल्लघंन गरेको  १० जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका भन्दै ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।

लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने उनले बताए । अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने उनले जानकारी दिए ।

सरकारले घोषणा गरेको लकडाउन अन्र्तगत अत्यावश्यक बाहेकका चितवनका सबै निजि तथा सार्वजनिक संघसंस्था,बजार, पसल, कलकारखाना सबै बन्द रहेको छ । सडकमा फाट्टफुट्ट मोटरसाईकल, साईकल चलेको छ । सामान्य रुपम किराना पसलहरु भने खुला रहेको छ । 

लकडाउनलाई मध्यनजगर गर्दै जिल्ला भरि सुरक्षा व्यस्त चुस्त पारिएको छ । विभिन्न चोकहरुमा प्रहरी परिचालन गरि निगरानी बढाएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस