महामारीबाट जोगिन ‘लकडाउन’ को नीति कडाइका साथ लागू

सफल खबर संवाददाता

मंगलबार, ११ चैत्र २०७६, ०८ : ५१
महामारीबाट जोगिन ‘लकडाउन’ को नीति कडाइका साथ लागू

काठमाडौं । कोरोना भाइरसको संक्रमणको महामारीबाट जोगिन सरकारले अख्तियार गरेको लकडाउनको नीति कडाइका साथ लागू गरिएको छ ।  

मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णयलाई जनताले स्वीकार गरेका छन् । नमान्नेलाइ प्रहरीले सम्झाइ बुझाइ ननिस्कन भनेको छ ।

काठमाण्डौ , ललितपुर र भक्तपुरमा मंगलबार बिहान अत्यावश्यक सेवा सञ्चालनका सवारी साधन बाहेकका सवारी साधन सञ्चालन भएको देखिएन । 

उपत्यकाको मंगलबार बिहानको दृश्य लगभग कफ्र्युको जस्तै देखिएको थियो । लकडाउन भनेको औषधि उपचार,  खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारीक रुपमा सरकारबाट भएको आदेश हो ।

माईकिङबाट प्रहरीले सर्वसाधरणलाई भित्रै बस्न , घर बाहिर ननिस्कन आग्रह गर्दै हिडेको देखिन्थ्यो । सडकमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ भने सवारी साधनको र परिचयपत्रको चेकजाँचलाई पनि कडाई गरिएको छ । फाट्टफुट् सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले घरभित्रै बस्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस