राष्ट्रियसभा अध्यक्षको एक महिनाको पारिश्रमिक कोषमा

रासस

सोमबार, १० चैत्र २०७६, १६ : २६
राष्ट्रियसभा अध्यक्षको एक महिनाको पारिश्रमिक कोषमा

फाईल फोटो

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरसविरुद्ध जुध्न सरकारले बनाएको केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउनुहुने भएको छ । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कोष स्थापनाको निर्णय गरेको थियो । सो कोषमा अध्यक्ष तिमिल्सिनाले आफ्नो एक महिनाको तलब दिने घोषणा गर्नुभएको हो । उहाँले संघीय संसद् सचिवालयको आर्थिक शाखालाई पत्रमार्फत आफ्नो एक महिनाको तलब कोषमा जम्मा गरिदिन निर्देशनसमेत दिनुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले सरकारको कोष बनाउने निर्णयको स्वागत गर्दै विश्वमा देखिएको सन्त्रासमा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गर्नुभएको छ । उहाँले सरकारले कोरोनाबाट बच्नका लागि दिएका निर्देशनहरु पालना  गर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस