कोरोना भाइरस विरुद्ध सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न प्रचण्डको आग्रह

आइतबार, ०९ चैत्र २०७६, ११ : १३
कोरोना भाइरस विरुद्ध सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न प्रचण्डको आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्नमा जोड दिदैं  यसको संक्रमणबाट सतर्कता अपनाउन सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपील गर्नुभएको छ ।

उहाँले आज आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न  सबैमा आग्रह पनि गर्नुभएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन सरकारसँग आग्रह गर्दै राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न सबैमा अनुरोध गर्नुभएको छ ।