कोराना भाइरसको संक्रमण

सिंगापुरबाट आएको जहाज त्रिभुवन विमानस्थलमा अलपत्र, यात्रुलाई झर्न दिईएन, उतै फर्काउने तयारी

शनिबार, ०८ चैत्र २०७६, २३ : २६
सिंगापुरबाट आएको जहाज त्रिभुवन विमानस्थलमा अलपत्र, यात्रुलाई झर्न दिईएन, उतै फर्काउने तयारी

file photo

काठमाडौं । कोराना भाइरस भित्रन नदिन सरकारले उच्च सतर्कता अपनाईरहदा बनाईएको रणनिति विपरित सिंगापुरबाट यात्रु लिएर काठमाडौं आएको एक हवाईजहाजबाट यात्रुलाई झर्न रोक लगाएकोे छ ।

आज शनिबार राति करिब ८ बजे  काठमाडौं आएको सिल्क एयरको विमानका यात्रुहरुलाई  विमानस्थलमा ओर्लिन रोक लगाइएको छ । यात्रुहरुलाई ओर्लिन रोक लगाइएकै कारण साढे २ घंटा देखि यात्रुहरु विमानमै बस्न बाध्य भएका छन् ।

श्रोतका अनुसार सो हवाई जहाजमा एक जना नेपाली मूलका विदेशी नागरिक पनि छन्, उनी नेपाली भएपनि नेपालले कोरोना रोकथामका लागि प्रतिबन्ध लगाइएको देशका भएकाले जहाजमा रहेका अन्य यात्रुसंगै उनलाई पनि ओर्लिन दिइएको छैन् ।

नेपालले कोरोना रोकथामका लागि प्रतिबन्ध लगाएको देशका भएकाले हवाई जहाजमा रहेका सबै यात्रुहरुलाई बाहिर निस्कन नदिइएको हो । विमानस्थल टावरले अवतरण नगर्न भन्दाभन्दै इन्धन सकिएको भन्दै पाइलटले अवतरण गराए जर्बजस्ती विमानस्थल श्रोतको भनाई छ ।

नेपाल आईपुगेको उक्त हवाईजहाजलाई तेल हालेर फर्काउने भनिएपनि अहिले सम्म के गर्ने भन्ने टुंगो लागिसकेको छैन् । हवाई जहाजबाट सिंगापुर जानका लागि १६० जना यात्रुहरुले बोर्डिङ पास लिएका छन् ।

नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै यसअघि विदेशी विमान कम्पनीहरुले ६१ जना नेपालीलाई काठमाडौं ल्याएका थिए । अध्यागमन विभागकाअनुसार थाइ एयरवेजले ६१ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका हुन् । उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस