पोल्यान्ड । पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी ती महिला सहित पोल्यान्डमा मृत्यु हुनेको संख्या छ पुगेको छ ।
विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ । ती महिलालाई आफ्नै आमाबाट कोरोनाभाइरस संक्रमण भएको मानिएको छ ।
उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट छोरीमा कोरोना संक्रमण भएको मानिएको छ । पोल्यान्डका संचार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन् । (एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०८ चैत्र २०७६, १७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण