बेइजिङ । सामान्यतया जङ्गली हात्तीको समूह गाउँमा पसेर घर भत्काएको, अन्न बाली सखाप पारेका समाचार प्रकाशमा आइरहन्छन् । तर चीनमा जङ्गली हात्तीको एउटा समूहले रमिता नै देखाएको छ ।
दक्षिण पश्चिम चीनको युनान प्रान्तको एउटा गाउँमा १४ वटा हात्तीको एउटा समूह गाउँ पसेर स्थानीय मदिरा भट्टीमा रहेको करिब ३० लिटर मदिरा पिएका छन् ।
सिसिटिभी फुटेजमा देखिएअनुसार हात्तीको समूह मदिरा भट्टीको भण्डार कक्षमा रहेको मदिरा पिएर फर्किएको देखिन्छ । त्यहाँबाट जङ्गलतर्फ फर्किने क्रममा हात्तीको सो समूह एउटा चिया बगानमा पुग्छ ।
चिया बगानमा पुग्दा हात्तीमा मदिराको असर देखिन थाल्छ । लर्बराउँदै हिँडेका हात्तीमध्ये दुईवटा हात्ती एक अर्काको सहारा बनेका देखिन्छन् । मदिराको मातमा दुवै हात्ती अघि बढ्न नसकेपछि एकै ठाउँ बस्छन् र निदाउँछन् । चिनियाँ सामाजिक सञ्जालमा स्थानीय एक युवकले हात्तीका ती सबै रमितालाई सार्वजनिक गरेका छन् ।
स्थानीयबासीका अनुसार १४ हात्तीमध्ये दुईवटा हात्तीले मदिरा भट्टीमा रहेको मदिरा धेरैमात्रामा पिएका थिए । सामाजिक सञ्जालमा भाइरल भएपछि युनान प्रान्तका अधिकारीहरुले उक्त घटनाको पुष्टि गरेका छन् । उक्त घटना अघिल्लो गर्मी याममा भएको उनीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
वृद्धको हात्तीको आक्रमणबाट मृत्यु