बेइजिङ । सामान्यतया जङ्गली हात्तीको समूह गाउँमा पसेर घर भत्काएको, अन्न बाली सखाप पारेका समाचार प्रकाशमा आइरहन्छन् । तर चीनमा जङ्गली हात्तीको एउटा समूहले रमिता नै देखाएको छ ।
दक्षिण पश्चिम चीनको युनान प्रान्तको एउटा गाउँमा १४ वटा हात्तीको एउटा समूह गाउँ पसेर स्थानीय मदिरा भट्टीमा रहेको करिब ३० लिटर मदिरा पिएका छन् ।
सिसिटिभी फुटेजमा देखिएअनुसार हात्तीको समूह मदिरा भट्टीको भण्डार कक्षमा रहेको मदिरा पिएर फर्किएको देखिन्छ । त्यहाँबाट जङ्गलतर्फ फर्किने क्रममा हात्तीको सो समूह एउटा चिया बगानमा पुग्छ ।
चिया बगानमा पुग्दा हात्तीमा मदिराको असर देखिन थाल्छ । लर्बराउँदै हिँडेका हात्तीमध्ये दुईवटा हात्ती एक अर्काको सहारा बनेका देखिन्छन् । मदिराको मातमा दुवै हात्ती अघि बढ्न नसकेपछि एकै ठाउँ बस्छन् र निदाउँछन् । चिनियाँ सामाजिक सञ्जालमा स्थानीय एक युवकले हात्तीका ती सबै रमितालाई सार्वजनिक गरेका छन् ।
स्थानीयबासीका अनुसार १४ हात्तीमध्ये दुईवटा हात्तीले मदिरा भट्टीमा रहेको मदिरा धेरैमात्रामा पिएका थिए । सामाजिक सञ्जालमा भाइरल भएपछि युनान प्रान्तका अधिकारीहरुले उक्त घटनाको पुष्टि गरेका छन् । उक्त घटना अघिल्लो गर्मी याममा भएको उनीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जंगली हात्तीको आक्रमणबाट १ महिलाको मृत्यु
हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल
बराह क्षेत्रमा जंगली हात्ती मृत फेला
‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु