ग्यासको कालोबजारी गरे पाँच वर्ष जेल

सफल खबर संवाददाता

शुक्रबार, ०७ चैत्र २०७६, १७ : ११
ग्यासको कालोबजारी गरे पाँच वर्ष जेल

काठमाडौं । सरकारले खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरेमा पाँच वर्षसम्म जेल हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने गरी कानूनी कारबाही अघि बढाउने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला ग्यासको कालोबजारी हुनसक्ने र उपभोक्ताले नपाउने अवस्था सिर्जना हुन सक्ने अवस्था आउन थालेपछि सरकारले कडाइ गरेको छ । मन्त्रालयले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने निर्णयसमेत गरेको छ ।

खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङको तथा ठूला निजी खाद्य स्टोर, निगमको भण्डारण मौज्दात विवरण सार्वजनिक गर्ने, सबै जिल्लाको खाद्यान्न विवरण संकलन गर्ने  निर्णय पनि गरेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस