प्रदेश २ को नाम मिथिला भोजपुरा पनि अस्वीकृत

मंगलबार, ०४ चैत्र २०७६, १७ : ०६
प्रदेश २ को नाम  मिथिला भोजपुरा पनि अस्वीकृत

जनकपुरधाम । प्रदेश २ को नाम मिथिला भोजपुरा राख्ने नेपाली कांग्रेसको प्रस्ताव पनि प्रदेशसभाले अस्वीकृत गरेको छ ।

सोमबार भएको मतदानमा कांग्रेसको प्रस्तावको पक्षमा २८ मत पर्‍यो भने विपक्षमा ७९ मत खसेको छ ।

यसअघि प्रदेशसभाले प्रदेश २ को नाम जानकी राख्ने  नेकपाको प्रस्ताव अस्वीकृत गरिसकेको छ । 

प्रदेशसभामा मंगलबार भएको मतदानमा जानकी नामको पक्षमा जम्मा ३७ मत खसेको छ भने विपक्षमा ७० मतमात्र खसेको थियो ।  प्रदेशको नाम र स्थायी राजधानीका लागि दुई तिहाई बहुमत चाहिन्छ, प्रदेश २ मा जुन कुनै पनि पार्टीसँग छैन ।

प्रतिक्रिया दिनुहोस