प्रदेश २ को नाम जानकी राख्ने प्रस्ताव अस्वीकृत

मंगलबार, ०४ चैत्र २०७६, १५ : ५९
प्रदेश २ को नाम जानकी राख्ने प्रस्ताव अस्वीकृत

जनकपुरधाम । प्रदेशसभाले प्रदेश २ को नाम जानकी राख्ने  नेकपाको प्रस्ताव अस्वीकृत भएको छ । 

प्रदेशसभामा मंगलबार भएको मतदानमा जानकी नामको पक्षमा जम्मा ३७ मत खसेको छ भने विपक्षमा ७० मतमात्र खसेको छ ।  प्रदेशको नाम र स्थायी राजधानीका लागि दुई तिहाई बहुमत चाहिन्छ, प्रदेश २ मा जुन कुनै पनि पार्टीसँग छैन ।

अब नेपाली काँग्रेसले ल्याएको मिथिला भोजपुर प्रदेशको प्रस्तावमाथि गोप्य मातदान हुने प्रकृया शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस