कोरोना भाइरस

भारतको मुख्य पर्यटकिय स्थल ‘ताज महल’ बन्द

मंगलबार, ०४ चैत्र २०७६, १२ : ५७
भारतको मुख्य पर्यटकिय स्थल ‘ताज महल’ बन्द

एजेन्सी । विश्वभरि नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप भारतले प्रख्यात पर्यटकीय गन्तव्य ताज महल बन्द गरेको छ । भिडभाडमा यसको संक्रमण बढ्ने भन्दै ताजमहल बन्द गरिएको हो । 

प्रेमको प्रतिकका रुपमा रहेको ताज महल अवलोकनका लागि दैनिक हजारौं पर्यटक पुग्ने गर्छन् । तर कोरोना भाइरसको संक्रमण फैलिने डरका कारण बाध्य भएर ताज महल बन्द गर्नु परेको भारतको संस्कृति मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कम्तिमा १२५ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमणकै कारण ३ जनाको मृत्यु समेत भईसकेको छ । 

प्रतिक्रिया दिनुहोस