कोरोना कहर : चीनपछि ठूलो चपेटामा इटाली

एजेन्सी

सोमबार, ०३ चैत्र २०७६, १४ : ०२
कोरोना कहर : चीनपछि ठूलो चपेटामा इटाली

प्रतिकात्मक फोटो

एजेन्सी । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रणबाट मृत्यु हुने र संक्रमित हुनेहरुको संख्या ह्वात्तै बढेपछि इटालीको स्थिति युरोपकै सबैभन्दा खराब देखिएको छ । 

विश्वमा उक्त भाइरसका कारण चीनभन्दा पछि प्रभावित हुने मुलुकमा इटाली दर्ज भएको छ । यद्यपि, पछिल्ला दिनको स्थितिलाई हेर्दा चीनमा भन्दा तिव्र गतिमा भाइरस संक्रमण इटालीमा देखिएको छ ।

उक्त देशमा २४ घण्टामा ३६८ जनाको मृत्यु भएको छ भने योसहित मृत्यु हुनेको संख्या १९०७ जना पुगेको छ । त्यस्तै इटालीमा आइतबार नयाँ संक्रमितहरुको संख्या ३५ सय ९० पुगेको छ भने जम्मा संक्रमितहरुको संख्यउा २४ हजार ७ सय ४७ पुगेको छ । त्यस्तै युरोपकै अर्को मुलुक स्पेनमा चौबिस घण्टामा ९६ जनाको मृत्यु भएको छ भने योसहित मृत्यु हुनेहरुको संख्या २ सय ९२ पुगेको छ ।

नयाँ संक्रमितहरुको संख्या १४ सय ७ रहेको छ । सो देशमा संक्रमितहरुको संख्या ७ हजार ७ सय ९८ पुगेको छ । उता, जर्मनीमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने नयाँ संक्रमितहरुको संख्या १ हजार २१ देखिएको छ । जर्मनीमा जम्मा ५ हजार ६ सय २० जना संक्रमित देखिएका छन् । युरोपियन मुलुकहरुझै इरानमा पनि कोरोना संक्रमणबाट मर्नेको संख्या बढेको बढ्यै छ । इरानमा २४ घण्टामा १ सय १३ जनाको मृत्यु भएको छ भने योसहित मृतकको संख्या ७ सय २४ पुगेको छ । इरानमा एकैदिन १२ सय ९ जनामा नयाँ संक्रमण देखिएको छ भने जम्मा १३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ । यही रफ्तारमा अमेरिका, बेलायत, फ्रान्समा पनि संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या बढिरहेको देखिन्छ ।

फ्रान्समा भने कोरोनाबाट मृत्यु भएको छैन । चीनको उहानबाट सुरु भएको यो महामारी पछिल्ला दिन चीनमै भने घटेको छ । चीनमा आइतबार जम्मा १० जनाको मृत्यु भएको छ भने अहिलेसम्म ८० हजार ८ सय ४९ जना संक्रमित देखिएका छन् । आइतबार चौबिस घण्टाभित्र विश्वमा ६३२ जनाको सो भाइरस संक्रमणका कारण मृत्यु भएको छ भने योसहित अहिलेसम्म ६ हजार ४ सय ५५ जनाको मृत्यु भैसकेको छ । त्यस्तै विश्वभर १ लाख ६७ हजार, ३ सय ४२ जना संक्रमित देखिएका छन् । १५५ भन्दा बढी मुलुकमा महामारी फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस