कोरोना भाइरस विरुद्धको खोप मानवमा आजबाट परिक्षण हुदैं

सोमबार, ०३ चैत्र २०७६, ११ : ०१
कोरोना भाइरस विरुद्धको खोप मानवमा आजबाट परिक्षण हुदैं

एजेन्सी । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन अमेरिकामा विकास गरिएको खोपको पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् । खोप परीक्षण अमेरिकाको सीयाटलमा आज सोमवारबाट हुँदैछ।ती स्वयंसेवीहरूले सङ्क्रमित नभईकनै खोपका विभिन्न मात्रा लिनेछन्।

उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन। त्यसमा मेसिन्जर आरएनएको सानो भाग भएको बताइएको छ। बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ ।

पहिलो चरणमा कोरोनाभाइसविरुद्धको भ्याक्सीनको मात्राले प्रतिरक्षा प्रणालीमा कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ।परीक्षण गर्न लागिएको भ्याक्सीनलाई नाम एमआरएनए १२७३ नाम दिइएको छ । खोपलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएको छ। त्यो नयाँ परीक्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस