इटालीमा कोरोना संक्रमणबाट मेयरको मृत्यु

एजेन्सी

आइतबार, ०२ चैत्र २०७६, १७ : ०६
इटालीमा कोरोना संक्रमणबाट मेयरको मृत्यु

एजेन्सी । इटालीको चियेने नगरका मेयरको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

उत्तरी इटालीस्थित चियेने नगरका मेयर ७० वर्षीय गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन् ।

उनी विगत मार्च ७ देखि कोरोना संक्रमित भएका कारण अस्पतालमा उपचार गराइरहेका थिए ।

यो नगर कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्छ । कोरोना भाइरसका कारण फोक्सको संक्रमण भएको र शुक्रबार उनको मृत्यु भएको जनाइएको छ ।

इटालीमा हालसम्म कोरोना भाइरसका कारण १ हजार ४ सय ४१ जनाको ज्यान गइसकेको छ । इटालीमा कोरोना भाइरसबाट अरु २१ हजारभन्दा धेरै संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस