नेपाली भूमि भारतमा परेपछि सीमा स्तम्भ तोडफोड

सफल खबर संवाददाता

आइतबार, ०२ चैत्र २०७६, १२ : ४८
नेपाली भूमि भारतमा परेपछि सीमा स्तम्भ तोडफोड

कैलाली। कंचनपुरको दक्षिण भेगमा संयुक्त सीमा टोलीले नेपाली भूमिमा गाडेको सीमा स्तम्भ स्थानीयवासीले तोडेका छन्। नेपाल भारत संयुक्त सर्भे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा भर्खरै राखेको ७८३ र ४ नम्बर पिल्लर स्थानीयवासीहरूले हतौडा र ढुंगा प्रहार गरी भत्काइदिएका हुन्।

नयाँ सर्भेको क्रममा सीमा स्तम्भ गाडेर  नेपाली लालपुर्जा रहेको जमिन भारततर्फ पारिएको भन्दै स्थानीयले विरोध गर्दै तोडफोड गरेका हुन् ।  अहिले सीमा सर्भेको कामसमेत रोकिएको छ । ५० वर्षभन्दा बढी समयदेखि बस्दै आएको उक्त वस्तीका वासिन्दाको जमिन भारतमा परेसँगै त्यस क्षेत्रमा सीमा विवाद बढेको हो।

नेपाली कांग्रेस कंचपुरका सभापति हरिप्रसाद बोहराले आफूहरूको अनुगमनको क्रममा सरकारी लापरबाहीका कारण नेपाली भूमि भारतमा परेको बताए। तर आफूहरु उक्त विवादित क्षेत्रमा पुग्नुअघि नै स्थानीयवासीले पिल्लर तोडफोड गरेको उनले जानकारी दिए। सीमा स्तम्भ भत्काइएसँगै त्यस क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ।

प्रतिक्रिया दिनुहोस