पूर्व मिस नेपाल उषा खड्कीले गरिन् पतिसँग सम्बन्ध विच्छेद

आइतबार, ०२ चैत्र २०७६, ०९ : ५२
पूर्व मिस नेपाल उषा खड्कीले गरिन् पतिसँग सम्बन्ध विच्छेद

काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीले वैवाहिक सम्बन्ध विच्छेदको घोषणा गरेकी छिन् । उनको १७ वर्ष अगाडी सञ्चारकर्मी जिपी तिमिल्सिनासँग विवाह भएको थियो ।

खड्गीले सामाजिक सञ्जाल फेसबुक मार्फत सञ्चारकर्मी तिमिल्सिनासँगको १७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य भएको जानकारी दिएकी हुन् ।  जीवनको लामो समय सँगै बिताउँदा पनि आफूमाथि शारीरिक तथा मानिसक यातना नरोकिएको र जिपीमा सुधार नआएकाले आफूले सम्बन्ध अन्त्य गर्ने निर्णय लिएको खड्गीले बताएकी छिन् ।

प्रेम सम्बन्ध पछि वैवाहिक जीवनमा बाँधिएका उनीहरु बीच केही समय देखि खटपट हुदै आएको थियो । विवाह पुर्व उनीहरु २ वर्ष रिलेशनसिपमा बसेर विवाह गरेका थिए । उनले सन्तानका लागि आफु सदैव लड्ने पनि बताएकी छन् ।
यो तल दिईएको फेसबुकको लिंक मार्फत उनले भनेको सुन्न सकिन्छ ।

https://www.facebook.com/usha.khadgi 

प्रतिक्रिया दिनुहोस