काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणको दिशातिर जाँदा इटालीमा अझै भयावह अवस्था छ । चीनको उहानबाट सुरु भएको यो भाइरसको संक्रमण अहिले विश्वव्यापि बनेको छ भने विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरिसकेको छ ।
हालसम्म ३ हजार १८९ जनाको मृत्यु भएको चीनमा अहिले ११ वटामात्रै नयाँ केस देखिएको छ । यता इटालीमा एकैदिन २५० जनाको मृत्यु हुँदा इरानमा पनि ८५ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म इटालीमा १२६६ जनाको मृत्यु हुँदा इरानमा ५१४ जनाको मृत्यु भइसकेको छ । यता अमेरिकामा पनि ५० जनाको मृत्यु भएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०१ चैत्र २०७६, ०८ : ५२
लेखकबाट थप