नेपालले दुईपटक पत्राचार गर्दा पनि भारतले चासो देखाएन

पत्रपत्रिकाबाट

शनिबार, ०१ चैत्र २०७६, ०८ : १३
नेपालले दुईपटक पत्राचार गर्दा पनि भारतले चासो देखाएन

काठमाडौं । दुई देशबीचका सीमा समस्या समाधान गर्न भारत तयार भएको छ । सीमा समस्या समाधानका लागि बैठक बस्न नेपालले गरेको पत्राचारलाई भने भारतले बेवास्ता गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रसचिव शंकरदास बैरागीले भारतले समस्या समाधान गर्न पत्राचार गरे पनि समय नदिएको जानकारी दिए ।

सचिव बैरागीले नेपालले तालिकासहित दुईपटक भारतलाई पत्राचार गरेको जानकारी दिए । तर, भारतीय पक्षकै समय नमिल्दा बैठक भने बस्न नसकेको उनले बताए । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस