भारतले आइतबारदेखि सीमानाका बन्द गर्ने

पत्रपत्रिकाबाट

शनिबार, ०१ चैत्र २०७६, ०८ : ०२
भारतले आइतबारदेखि सीमानाका बन्द गर्ने

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भारतले आइतबार राति १२ देखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ ।

 भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरूको आवतजावत प्रभावित नहुने स्पष्ट पारिएको छ ।

भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरूको आवागमन बन्द गर्नेछ । नयाँ पत्रिकामा खबर छ ।