एजेन्सी । चीनबाट शुरु भएर विश्वभर फैलिएकोे कोरोना भाइरसको संक्रमण चीनमा कमी आएको छ । गएको डिसेम्बरबाट चीनबाट शुरु भएको यो रोगको संक्रमण दर चीनमा भने हत्तै घटेको छ । अन्य देशमा भने फैलिरहेको छ ।
चीनको वुहान अस्पतालका डाक्टर तथा नर्सहरुले अस्पतालको चाप र मानवीय समवेदनालाई विचार गर्दै दिनरात नभनी बिरामीको उपचारमा लागिपरे । कतिपय डाक्टर तथा नर्सहरुले उपचारकै क्रममा संक्रमित भएर ज्यान समेत गुमाए । तर अब चीनले केही राहतको महसुस गरेको छ । कोरोनाका बिरामीको संख्या चीनमा नगन्यमा झरेको छ ।
यसैबीच सोशल मिडियामा अहिले एक तस्वीर भाइरल बनेको छ । तस्वीरमा वुहान अस्पतालमा कोरोना भाइरसका संक्रमित अन्तिम बिरामी डिस्चार्ज भएपछि एक डाक्टर लम्पसार परेर सुतिरहेका छन् ।
अन्तिम बिरामी समेत डिस्चार्ज भएपछि वुहान अस्पतालका डाक्टर शियाँल लाइन्ग राहत महसुश गर्दै बिरामी राख्ने बेडमै लमतन्न परेर सुतेका हुन्। यो तस्बिर यतिबेला भाइरल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ३० फागुन २०७६, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु