चितवन । भरतपुर प्रहरी तालिम केन्द्रमा दीक्षान्त समारोह भएको छ । प्राविधिक प्रहरी जवान आधारभूत तालिम प्रथम समूहको दीक्षान्त समारोह भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक बुद्धिराज गुरुङ रहेका थिए । उनले दिक्षित भएका प्रहरी जवानहरुलाई मातृभूमि र नागरिकको सेवामा समर्पित रहेर काम गर्न निर्देशन दिएका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, शिक्षालयका उपनिर्देशक प्रहरी उपरीक्षक गोविन्द अधिकारीलगायतले मन्तव्य दिए ।
तालिममा ८७ जना महिलासहित ४४६ जना प्रशिक्षार्थीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०७६, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित
प्रधानमन्त्री ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुँदै