लेबनानमा एक नेपाली शान्ति सेनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २९ फागुन २०७६, १९ : २३
लेबनानमा एक नेपाली शान्ति सेनाको मृत्यु

काठमाडौं । संयुक्त राष्ट्र संघ अन्तर्गत दक्षिणी लेबनानस्थित यूनिफिलमा खटिएका एक जना नेपाली शान्ति सेनाको सडक दुर्घटनामा मृत्यु भएको छ ।

लेबनानस्थित युनिफिलले विज्ञप्ति जारी गर्दै मंगलबार एक दुर्घटनामा परी ती शान्ति सैनिकको मृत्यु भएको उल्लेख गरेको छ ।

लेबनानस्थित नेपाली ब्याटको युएनपी ८–३४ पोस्टमा खटिएका सैनिक जवानलाई शान्ति सेनाकै ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो । 

शान्ति सेनामा खटिएका नेपाली सेनाका अमलदार नरबहादुर मगरको मृत्यु भएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेब पाण्डेले बताए । धादिङ मूलपानीका उनी शिवदल गण अन्तर्गत खटिएका थिए । नेपाली सेनाको मेस ए जेवेलस्थित नेपाली ब्याटमा उनी ४ महिनादेखि कार्यरत थिए ।

प्रवक्ता पाण्डेका अनुसार शान्ति सेनामा सह चालकका रुपमा खटिएका उनलाई ट्रकको पछाडीको भागले ठक्कर दिएको थियो । घाईते भएका उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मंगलबार मृतक घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस