प्रदेश २ लाई ‘विशेष प्रदेश’ बनाउन प्रस्ताव दर्ता

विहीबार, २९ फागुन २०७६, १५ : १०
प्रदेश २ लाई ‘विशेष प्रदेश’ बनाउन प्रस्ताव दर्ता

काठमाडौं । प्रदेश २ लाई ‘विशेष प्रदेश’ घोषणा गर्न भन्दै प्रतिनिधिसभा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का सांसद प्रभु साहको प्रस्तावक रहेको सो प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेश सिंह, समाजवादी पार्टीका सांसद उमाशंकर अरगरिया र राजपा नेपालका सांसद लक्ष्मणलाल कर्ण समर्थक छन् । 

जातीय विभेद, गरिबी तथा पछौटेपनको रोगबाट आक्रान्त प्रदेश २ का नागरिकले मुक्ति पाउन नसकेको भन्दै  सो प्रदेशका नागरिकको आयु वृद्धिका लागि आधारभूत स्वास्थ्य, शिक्षा र रोजगारी बढाउन पहल गर्नुपर्ने भन्दे प्रस्तावमाथि छलफल गर्नुपर्ने बताइएको छ ।  

आर्थिक समानता कायम गर्दै संविधानको कार्यान्वयनका लागि सो प्रस्तावमाथि छलफल आवश्यक रहेको उल्लेख छ । त्यस्तै, प्रदेश २ मा पहलकदमीको अभावमा एउटा पनि विश्व सम्पदा सूचीमा सूचिकृत हुन नसकेको र देशमा समान विकासका लागि प्रदेश २ मा विशेष अनुदान प्याकेज लागु गर्नेपर्ने आवश्यक्ता देखिएको भन्दै प्रस्ताव दर्ता गरिएको हो । 
 
“नेपालको प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकन डलर रहेकोमा यस क्षेत्रका नागरिकको औसत आय अमेरिकन डलर ५ सय ७० मा सिमित रहनुपरेको छ, सबैभन्दा डरलाग्दो तथ्याङ्क यो छ कि, यस क्षेत्रको मृत्युदर पनि क्रमिक रूपमा बढ्दै गइरहेको छ,” सो प्रस्तावमा भनिएको छ, “सङ्घीय शासनप्रणाली लागू भएपश्चात नेपाल सरकारबाट घोषित नीति तथा कार्यक्रमअनुसार प्रदेश सरकारलाई प्राप्त अनुदान रकम खर्च हुन नसकी फ्रिज हुने क्रममा जारी नै छ, एक आर्थिक वर्षमा फ्रिज भएको रकम अर्को आर्थिक वर्षमा थप पठाउने अभ्यास पनि छैन। ।”

प्रतिक्रिया दिनुहोस