कोरोना भाइरस : विश्वव्यापी महामारीको घोषणा

एजेन्सी

विहीबार, २९ फागुन २०७६, १४ : ३९
कोरोना भाइरस : विश्वव्यापी महामारीको घोषणा

जेनेभा । अन्ततः कोरोना भाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ'ले विश्वव्यापी महामारीको घोषणा गरेको छ । 

डब्लुएचओले भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह पनि गरेको छ । नियमित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले भाइरसको रोकथामको लागि सचेत हुन विश्व समुदायलाई आग्रह गरे । उनले नियन्त्रणको लागि आक्रामक निर्णय लिनसमेत आग्रह गरेका छन् ।

डब्लुएचओले नियन्त्रण प्रयाससँगै आपतकालीन अवस्थाको लागि अस्पताल तयारी अवस्थामा राख्नसमेत आग्रह गरेको छ । अहिलेसम्म कोरोनाको संक्रमण विश्वका १ सय २० धेरै देशहरुमा फैलिइसकेको छ । ४ हजार ६ सय १६ जनाको यो भाइरसका कारण नै ज्यान गइसकेको छ । तिमध्ये ३ हजार १ सय ५८ चीनका र १ हजार ४ सय ५८ अन्य मुलुकका छन् । भाईरसवाट हालसम्म १ लाख २६ हजार १ सय २१ संक्रमित भएका छन् ।

भारतमा विदेशीलाई प्रतिबन्ध

विश्‍व स्वास्थ्य संगठनले बुधबार राती कोरोना भाइरसलाई महामारी घोषणा गरेसँगै भारत सरकारले सोही रातीबाट  विदेशी नागरिकलाई प्रदान गर्दै आएको सबै भिसा र इ(भिसा रद्द गरेको छ। २०२० मार्च ११ वा सो भन्दाअघि प्रदान गरिएको भिसा यो सँगै रद्द गरिएको हो।

भारतले बुधबार राती नै एक ट्राभल एडभाइजरी र भिसा प्रतिबन्धको सूचना जारी गर्दै कूटनीति, आधिकारिक, संयुक्त राष्ट्र संघ÷अन्तराष्ट्रिय संगठन, रोजगार, परियोजना बाहेकका अन्य सबैलाई वर्तमानमा रहेको सबै भिसा १५ अप्रिल २०२० सम्मलाई रद्द गरेको जनाएको छ । भिसा रद्द सम्बन्धी नियम मार्च १३ शुक्रबार (फागुन ३०) बाट लागू हुने बताएको छ ।

नेपाल, भुटान र माल्दिभ्सका नागरिकको हकमा भने प्रतिबन्ध लगाइएको छैन । माल्दिभ्सका नागरिकहरु यसअघि राहादानी मात्र लिएर भारत आउने गर्थे । उनीहरुलाई भिसा आवश्यक थिएन । 

प्रतिक्रिया दिनुहोस