कोरोना भाइरस (कोभिड–१९)

चीनमा कोरोना भाइरस संक्रमितको संख्यामा कमी

एजेन्सी

विहीबार, २९ फागुन २०७६, १२ : १३
चीनमा कोरोना भाइरस संक्रमितको संख्यामा कमी

एजेन्सी । चीनमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यामा निरन्तररुपमा कमी आइरहेको छ । बुधबार चीनमा मात्र १५ नयाँ कोरोनाभाइरस संक्रमित फेला परेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

चीनको हुबेई प्रान्तको वुहान सहरमा पहिलोपटक देखा परी संसारभर फैलिएको कोरोना भाइरस चीनमा नियन्त्रणतर्फ गइरहे पनि यसले विश्वका एक सयभन्दा बढी देशलाई पिरोलेको छ ।

महामारी घोषित गरिएको कोरोनाभाइरस संक्रमणको केन्द्रविन्दु मानिएको हुबेइमा पनि ८ जना मात्र नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसको संक्रमण सुरुवात भएपछिकै यो सबैभन्दा कम संख्या हो । एक महिनाअघिमात्र त्यहाँ एकैदिन २ हजारसम्म नयाँ संक्रमित फेला पर्ने गरेका थिए ।

चीनमा हालसम्म ८० हजार ७९३ जना यस रोगबाट संक्रमित भएका छन् भने ३ हजार १ सय ६९ जनाले यसबाट ज्यान गुमाएका छन् । संक्रमित मध्ये ६२ हजार ७९३ जना अस्पतालबाट निको भएर फर्किएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस