कोरोना भाइरस (कोभिड–१९)

यी हुन् कोराना भाइरस प्रकोपबाट सबैभन्दा बढी प्रभावित मुलुक

एजेन्सी

बुधबार, २८ फागुन २०७६, १४ : ५२
यी हुन् कोराना भाइरस प्रकोपबाट सबैभन्दा बढी प्रभावित मुलुक

एजेन्सी । कोरोनाभाइरस प्रकोपले अहिले विश्वलाई आतङ्कित बनाइरहेको छ । डिसेम्बर महिनामा पहिलो पटक चीनको मध्य भागमा ऊहान सहरबाट देखिएको संक्रमणले अहिले विश्वको सयभन्दा बढी मुलुकका मानिसलाई प्रभावित बनाइरहेको छ ।  

भाइरसका कारणले विश्वभर ४२ सय मानिस मरिसकेका छन् भने १,१५,८०० मानिस संक्रमित भएका छन् ।

चीनमा नयाँ संक्रमित हुनेको संख्या घटिरहेको छ तर अन्य देशमा भने यो रोग विस्तार हुन लागेको छ ।

प्रकोपले निम्न ११ देशलाई सबैभन्दा धेरै प्रभावित बनाएको छः

चीन - ८०,७७८ संक्रमित, ३,१५८ मृत्यु
इटाली - १०,१४९ संक्रमित, ६३१ मृत्यु
इरान - ८,०४२ संक्रमित, २९१ मृत्यु
दक्षिण कोरिया - ७,७५५ संक्रमित, ६० मृत्यु
जर्मनी - १,२९६ संक्रमित, २ मृत्यु
जापान - १,२६४ संक्रमित, १९ मृत्यु (यसमा डायमन प्रिन्स क्रुज जहाजको ६९६ संक्रमित पनि समावेश)
स्पेन - १,२०४ संक्रमित, २८ मृत्यु
फ्रान्स - १,११६ संक्रमित, ३० मृत्यु
अमेरिका - १००० संक्रमित, ३१ मृत्यु
बेलायत - ३८२ संक्रमित, ६ मृत्यु
नेदरल्याण्ड - ३८२ संक्रमित, ४ को मृत्यु

प्रतिक्रिया दिनुहोस