धादिङ । त्रिशुली नदीमा जिप खस्दा वेपत्ता भएका सिंचाई मन्त्रालयका सचिव रमानन्द यादवका छोराको शव ८ दिनपछि फेला परेको छ । सचिव यादव चढेको जिप माघ २६ गते मलेखु नजिकै त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा सचिव यादव र आफन्त उन्नती गुप्ताको मृत्यु भएको थियो। दुबैको शव तत्कालै फेला परेपनि सन्तोषको शव शुक्रबार बेनिघाट रोराङ गाउँपालिका ५ मा पर्ने त्रिशुली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
सवारी चालक निरञ्जन यादबको भने घटना भएकै दिन सकुशल उद्दार गरी अस्पताल भर्ना गरिएको थियो । उनको काठमाडौंमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस