नेपालमा कोरोना भाइरसका कारण कुनै समस्या भए चीनले सहयोग गर्ने

मंगलबार, २७ फागुन २०७६, १८ : ११
नेपालमा कोरोना भाइरसका कारण कुनै समस्या भए चीनले सहयोग गर्ने

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा कोरोना भाइरसका कारण कुनै समस्या भए त्यसको समाधानमा चीन सरकारले सहयोग गर्ने बताएकी छिन् ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको भेटमा राजदूत यान्छीले यस्तो बताएकी हुन् । 

यान्छीले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणका लागि चीनको पुरा सहयोग रहने बताएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ । चीनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको लागि अपनाएका सबै खालका सहयोग र सूचना उपलब्ध गराउन तयार रहेको उनले बताएकी हुन् । 

मन्त्री भट्टराईले कोरोना भाइरसको सङ्क्रमण रोकथामको निम्ती नेपाल सरकारले हालसम्म गरेका कामहरुको बारे यान्छीलाई बताएका थिए ।
 

प्रतिक्रिया दिनुहोस