कोरोना भाइरस (कोभिड–१९)

रक्सी पिएपछि कोरोनाबाट बचिन्छ भन्ने हल्लाले लियो २७ जनाको ज्यान

एजेन्सी

मंगलबार, २७ फागुन २०७६, ११ : १०
रक्सी पिएपछि कोरोनाबाट बचिन्छ भन्ने हल्लाले लियो २७ जनाको ज्यान

इरान । मृत्युसँग सबै डराउँछन् । त्यही डरको कारण गलत कदम उठाउँदा मृत्युको मुखमा पुगिन्छ भन्ने घटना सार्वजनिक भएको छ ।

यतिखेर इरानमा कोरोनाभाइरसको संक्रमण खतरनाक ढंगले फैलिँदै गइरहेको छ । यसै सिलसिलामा त्यहाँ रक्सीको सेवन गर्दा कोरोनाभाइरसको संक्रमणले नभेट्ने र निको पनि हुने गलत हल्ला पनि डरलाग्दो गरी फैलिरहेको छ । त्यही हल्लाको विश्वास गरेर इरानमा गैरकानूनी रुपमा बनाइएको रक्सी पिउँदा मेथानोल विषको असर भएर २७ जनाले ज्यान गुमाएका छन् ।

इरानको खुजेस्तानको राजधानी अहभाजस्थित जन्डिसापुर मेडिकल युनिभर्सिटीका प्रवक्ताले जानकारी दिए अनुसार सोही कारण विरामी भएका २१८ जनालाई अस्पतालमा भर्ना समेत गरिएको छ । उनका अनुसार, तिनीहरु ‘कोरोनाको उपचारमा रक्सीको सेवन प्रभावकारी हुने’ हल्लाका कारण रक्सी सेवन गर्दा उक्त घटना भएको हो ।

इरानमा रक्सी पिउन पाइँदैन । अल्पसंख्यकका रुपमा रहेका केही गैर मुस्लिम समुदायका मानिसहरुलाई मात्रै रक्सी पिउन छुट छ ।

प्रतिक्रिया दिनुहोस