फेसबुकमा प्रहरीसँगको फोटो पोष्ट गर्दै आस्थाले लेखिन यस्तो स्टाटस

सोमबार, २६ फागुन २०७६, १३ : ५२
फेसबुकमा प्रहरीसँगको फोटो पोष्ट गर्दै आस्थाले लेखिन यस्तो स्टाटस

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस ८ मार्चको अवसरमा गायिका आस्था राउतले महिला प्रहरीसहितको फोटो पोष्ट गर्दै फेसबुकमा स्टाटस लेखिेकी छिन् । 

हिजो आइतबार गायिका राउतले फेसबुकमा फोटो राख्दै लेखेकी छन्  ‘के छ यहाँ घटीबढी जोख्न छैन तुलो, बदलाको कुराभन्दा क्षमा गर्नु ठूलो,’ । महिला प्रहरीसँगको सो फोटो नेपालगञ्ज विमानस्थलमा खिचिएको गायिका राउतले बताइन् ।

गत माघ ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएकी महिला प्रहरीलाई गालीगलौज गरेर राउत विवादमा तानिएकी थिइन् । झापा जाने क्रममा राउतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएकी एक महिला प्रहरीलाई अपशब्द बोलेको भन्दै उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । उनीविरुद्ध उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएर धरौटीमा छाडेको थियो । 

प्रतिक्रिया दिनुहोस