ज्येष्ठ नागरिकलाई न्यानो र शीतल घर

सोमबार, २६ फागुन २०७६, ११ : २९
ज्येष्ठ नागरिकलाई न्यानो र शीतल घर

सांकेतिक तस्बिर ।

तानसेन । पाल्पामा ज्येष्ठ नागरिकलाई लक्ष्य गरेर न्यानो तथा शीतल हुने घर निर्माण भइरहेको छ । बालापनदेखिका साथीसँग वृद्धावस्थामा पुगेपछि दिन बिताएने चौतारी चर्को घामपानी र बतासमा सुरक्षित नभएपछि जाडो समयमा न्यानो तथा गर्मीमा शीतल हुने किसिमको घर निर्माण भइरहेको निर्माण समितिका अध्यक्ष मीनप्रसाद बञ्जाडेले जानकारी दिनुभयो ।

तानसेन नगरपालिकाको रु ३७ लाख तथा जापानी समाजसेवी काजुमासा काकिमी ओकेबाजेको रु २० लाख आर्थिक सहयोगमा काम भइरहेको छ । करीब रु तीन करोडको लागतमा वृद्धघर बन्ने भएपछि स्थानीय ज्येष्ठ नागरिकमा खुशी छाएको छ ।

करीब दुई सय जना अट्ने क्षमताको घर तानसेन–९ दमकडामा निर्माण भइरहेको छ । यस्तो घर नेपालमै पहिलो हुने जिकिर वडा सचिव छविलाल भट्टराईले गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस