काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएएको छ । नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वासथ्य संगठनले जनाईसकेको छ ।
जोखिममा भएसंगै नेपाल सरकारले उच्च सतर्कता अपनाएको छ । मुुलुकको अर्थतन्त्रको मुख्य आर्थिक श्रोत रेमिटयान्स भएपनि अहिले कोरोना भाइरसकै डरले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या धेरै नै घटेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७५ प्रतिशतले घटेको बताईएको छ ।
नेपालमा वैदेशिक रोजगारी सुरु भएयता गिरावट आएको यो पहिलोपटक हो। २०७२ मा नेपालमा आएको भूकम्प वा विदेशमा भएका अन्य कुनै पनि घटनाले यति धेरै असर पारेको थिएन। वैदेशिक रोजगार विभागका अनुसार कोरोना भाइरसको त्रास बढ्दै गर्दा विदेशको रोजगारीमा जानेको संख्या घटेको बताए।
‘यतिखेर भिसा आइसकेका र नगए भिसा रद्द हुनेबाहेक अरु सबैले वैदेशिक रोजगारी स्थगित गरेको देखिन्छ,’ विभागका एक कर्मचारलिे भने–‘कोरोना त्रासले रोजगारीभन्दा जीवन ठूलो ठानेर हुन सक्छ, कोही पनि विदेश जान चाहेको देखिएन।’
रोजगारीका लागि नेपाली युवा जाने गरेका दक्षिण कोरिया, जापान, दुबई, मलेसिया, कुबेतलगायत कैयन गन्तव्य मुलुकमा कोरोना भाइरस फैलिएको छ। नेपाली युवा पछिल्लो समय दैनिक एक हजार हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका थिए। अहिले यो संख्या तीन सयभित्र रहेको विभागले जनाएको छ। वैदेशिक रोजगारीका लागि जान तयारी गर्नेहरु पनि अहिले नजाने सोच बनाएर बसेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ फागुन २०७६, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा जाने १५ प्रतिशतले बढे
युएई पठाइदिन्छु भनी ठगी गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीहरूलाई सरकारले पुरस्कृत गर्ने
वैदेशिक रोजगारी : पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
एक वर्षमा झण्डै १२ हजार जना वैदेशिक रोजगारीमा